अन्तर्राष्ट्रिय

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया शुरु




तौलिहवा १७ माघ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया शुरु गरेको छ ।मन्त्रालयका अनुसार सरकारले अघिल्लो आर्थिक वर्षमै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो । सोही घोषणाा अनुसार प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ । सो क्रममा चार किल्ला तोकेर नक्सार तयार पारिएको छ । यस क्षेत्रलाई सरकारले ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा गर्नेछ । सो क्षेत्रको सिमांकन समेत सम्पन्न भई स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले अघिल्लो आवमै कपिलवस्तुको तिलौराकोटसहित धनुषाको रामजानकी मन्दिर र नवलपरासीको रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो । विश्व सम्पदा सूचीमा राख्ने निकाय भने संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) हो । युनेस्को अन्तर्गत रहने हेरिटेज कमिटीले सम्पदाबारे हरेक वर्ष नयाँ थप गर्ने, खतराको सूचीमा राख्ने र खतराको सूचीबाट हटाउने निर्णय गर्छ ।

प्रकाशित : १७ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६