अर्थ-वाणिज्य

गृहमन्त्री खाणको निद्रा हराम गर्ने त्यो पुल :अर्काे एक थपिदै




रुपन्देही १८ माघ । गृहमन्त्री बालकृष्ण खाणले ७ वर्ष अगाडि तामझामका साथ उद्घाटन गरेको रुपन्देहीको मायादेवी र सियारी गाउँपालिकाको सीमानामा पर्ने कालिकाघाटमा निर्माणाधीन पुल अलपत्र परेको छ ।जसले गर्दा चुनाव आइपुग्दा गृहमन्त्री खाणको निद्रा हराम गर्न त्यो पुल खडा भएकोछ। लुम्बिनीलाई जोड्ने गरी वाइपास सडक सञ्जालको रुपमा बनाउन लागिएको पुल अलपत्र बनेको हो । २०७२ सालमा ठेक्का सम्झौता भएको पुलको काम बीचमै रोकिएको छ ।पुल निर्माणको काम सुरु भएपछि सडक सञ्जालमा जोडिने आशा गरेका स्थानीय अहिले पुल नबन्दा निराश बनेका छन् । आधाजस्तो काम भएको बेला खोलाले बगाएपछि ठेकदारले काम गर्न छोडेको थियो । सोही कारण पुल अलपत्र परेको सियारी गाउँपालिका वडानम्बर ४ का वडाध्यक्ष श्रीप्रसाद थापाले बताए ।

२०७४ मा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी निलगिरी कन्ट्रक्सन काठमाण्डौसँग ७ करोडमा २०७२ मा सम्झौता भएको सियारी गाउँपालिकाका वडासदस्य कृष्ण देवकोटाले जानकारी दिए ।वडासदस्य देवकोटाका अनुसार निकै तामझामका साथ वर्तमान गृहमन्त्री तथा कांगे्रस नेता वालकृष्ण खाँणले २०७२ मा शुभारम्भ गरेका थिए । मायादेवी २ र सियारी गाउँपालिका ४ को धनसराको कालिकाघाटमा बन्दै गरेको पुलको पिल्लर उठाएर छोडिएको छ । जसका कारण बनाइएको उक्त पुलका विमहरु जीर्ण बनेका छन् । पिल्लर बनाउन प्रयोग गरिएका छडमा खिया लागेको छ ।समयमा पुल नबन्दा एक गाउँबाट अर्को गाउँमा जान समय लाग्ने र वर्षातको समयमा खेतीपाती स्याहार्न समस्या भएको स्थानीय सन्जय मल्लले बताएका छन् ।
तिनाउमा अर्को पुल थपिँदै :
केही वर्षयता तिनाउ र दानव नदी क्षेत्रका विभिन्न ठाउँमा धमाधम पुल बनिरहेका छन् । पछिल्ला तीन वर्षमा ७ वटा पुल बनेका छन् ।केही संघीय सरकारको लगानी केही स्थानीय सरकारको लगानीमा पुल निर्माणको कामले यहाँ तीव्रता पाएको छ ।पछिल्लो समय तिलोत्तमा नगरपालिकाको वडानम्बर ४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिकाको तिनाउ पश्चिम रहेको वडानम्बर १७ हरिहरपुरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण सुरु भएको छ ।दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २० करोड ६४ लाख लागतमा पुल निर्माण सुरु भएको हो । प्रिस्टेस ब्रिजको ११ मिटर चौडाईमा साढे ३ मिटर फुटपाथका लागि छुट्टाइएको छ ।

दुई सय मिटर लम्बाईको उक्त पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई आउजाउमा निकै सहज हुने तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले बताएका छन् ।पुलको निर्माणको ठेक्का शर्मा–सगुन जेभीले लिएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुशील बुढाथोकीले तोकिएको समयभन्दा अघि नै पुलको निर्माण कार्य सक्नेगरी काम अघि बढाइएको बताएका छन् ।:

प्रकाशित : १८ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६