काठमाडौँ, १९ माघ । पाँच दलीय सत्ता गठबन्धका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । भेटमा गृहमन्त्री बालकृष्ण खाँड र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।
मंगलबार प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न प्रस्ताव गरेको थियो । आयोगलाई प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर सरकारले मिति तोक्ने बताउनुभएको थियो ।
त्यस्तै पछिल्लो समय प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गर्नुभएको छ । आज प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच यीनै विषयमा कुराकानी भएको बताइएको छ ।
प्रतिक्रिया