प्रदेश

ईन्धनमा गरिएको मूल्य वृद्धिविरुद्ध विद्यार्थीहरुको प्रदर्शन




काठमाडौँ, १९ माघ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं त्रिचन्द्र क्याम्पसअगाडि आज टायर बालेर पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल,मट्टीतेल प्रतिलिटर रु। ३ ले वृद्धि गरेको थियो । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पु¥याइएको छ ।

प्रकाशित : १९ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६