कपिलबस्तु, १९ माघ
कोभिड संक्रमणको सर्तकता सहित कपिलवस्तुको जगदिशपुर जलाशय क्षेत्रमा २६ औं सिमसार दिवस को अवसरमा सिमसार क्षेत्रको प्रचार प्रसारमा सहयोग पुर्याएको भन्दै प्रेसपाटीका कार्यकारी सम्पादक डिलाराम भुसाल लाई नगद सहित कार्यक्रमका प्रमुख अथिति लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकासमन्त्री सहसराम यादवले सम्मान गरेका छन् । भुसाले बिश्व सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर जलाशय क्षेत्र जगदिशपुर जलाशय बहुसरोकार मञ्च कपिलवस्तुको को बारेमा संन्चार क्षेत्र बाट प्रचार प्रसारमा सहयोग पुर्याएको ले सञ्चारकर्मीहरु भुसाल सम्मान गरिएको जगदिशपुर जलाशय बहुसरोकार मञ्च का अध्यक्ष ललित कुमार गुरुङ ले बताए ।
त्यस्तै अर्का पत्रकार मनोज कुमार श्रीवास्तव पनि नगद सम्मनित भएका छन् । कार्यक्रममा खोलडीहरु तुलसीराम थारु र सुदीप थारु तथा जगदीशपु होमस्टेलाई कदर पत्र र नगदले सम्मानित गरिएको थियो । मंचका अध्यक्ष ललित गूरुङको अध्यक्षता, सचिव सुन्दर पाण्डेयको संचालनमा भएको कार्यक्रममा मंचका उपाध्यक्ष अब्दुल रसिद खाँ लगायतले शुभकामना दिएका थिए ।
प्रतिक्रिया