दाङ १९ माघ । दाङमा अनलाइन नेटवर्किङ मार्फत ठगी गर्ने ३ जना पक्राउ परेका छन् । पछिल्लो समय हाईपर, इन्स भिडियो पुस, ब्लक यरीया, साफिर लगाएतका नेटवर्क मार्फत पैसा लगानी गर्नेहरु बढ्दै गएका छन् ।निश्चित रकम जम्मा गरे दैनिक निश्चित डलर आउने भन्दै पछिल्लो समय त्यस तर्फ पैसा लगानी गर्नेको संख्या निकै धेरै रहेको छ ।
यसैक्रममा आफु ठगिएको भन्दै एक जनाले प्रहरीमा उजुरी गरेपछि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।प्रहरीले निबेदन दिने र पक्राउ पर्नेहरुको नाम गोप्य राखेको छ । कानुनले यस्ता नेटवर्कीङ कारोबारलाई मान्यता दिएको छैन् । तर नागरिक स्तरमा भने थोरै लगानी गरेर धेरै रकम छिटो कमाउने भ्रमले गर्दा यो कारोबार मौलाउदै गएको छ ।








प्रतिक्रिया