अर्थ-वाणिज्य

कपिलवस्तुकै लागि पहिलो सुविधा :भेन्टीलेटर सहीतको अत्याधुनिक एम्बुलेन्स सेवाशुरु




कपिलवस्तु २० माघ। कोरोनाको तेश्रो भेरिएन्ट तीब्ररुपमा फैलिरहेको बेला कपिलवस्तु नगरपालिकाले भेन्टीलेटर सहीतको सुबिधा संपन्न एम्बुलेन्स खरिद गरी ल्याएको छ । यो कपिलवस्तुको लागि पहिलो सुविधा हो । नगरपालिकाले जटील खालको बिरामीलाई लक्षित गरी फोर्स कम्पनीको एम्बुलेन्स खरिद गरी ल्याएको हो । एम्बुलेन्स मंगलवार राति मात्र नगरपालिकामा आएको हो ।नगरपालिकाले गत जेठमा नै एम्बुलेन्स खरिद गर्ने प्रकृया अघि बढाएको थियो । कोरानो र बिभिन्न प्रकृया नमिल्दा खरिद गर्न ढिलाई भएको नगरप्रमुख किरण सिंहले बताउनु भयो ।

काठमाण्डौको प्राईम अटो टेक्स प्रालिले भारतबाट खरिद गरी सुनौली नाका हुदै एम्बुलेन्स नगरपालिका पठाएको हो । एम्बुलेन्सको लागत ७३ लाखको हाराहारीमा रहेको खरिद समितिका सदस्य तथा नगरपालिकाका ईन्जीनीयर राजेश सेनीले बताउनु भयो ।एम्बुलेन्समा आईसियु, भेन्टीलेटर सहीत जटील खालका बिरामीलाई भित्रै उपचार गर्ने सेवा उपलब्ध रहेको उहाले जानकारी दिनु भयो । भेन्टीलेटर सहीतको सुबिधा संपन्न एम्बुलेन्स लुम्बिनी प्रदेश कै यो तेश्रो रहेको खरिद समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले दाबी गर्नु भयो । यस अघि बुटवलको लुम्बिनी प्रदेश अस्पताल र बाकेका भेरी अस्पतालमा मात्र यस्तो खाले एम्बुलेन्स रहेको उहाले प्रष्टाउनु भयो ।

जिल्ला मै पहिलो पटक भेन्टीलेटर सहीतको एम्बुलेन्स आए पछि नगरबासी खुशी भएका छन । एम्बुलेन्स आफै चलाउने वा कपिलवस्तु अस्पताललाई संचालन नर्ग दिनेबारे कार्यपालिका बैठकबाट निर्णय गरिने अध्यक्ष गैरेले वताउनु भयो । कोरोनाकालमा आवश्यक सहयोग जुटाउन गठन गरिएको साझा प्रयास अभियानको सुझाव अनुसार एम्बुलेन्स खरिद गरि ल्याइएकोमा अभियानका संयोजक रबि ठाकुरले खुशी ब्यक्त गर्नु भयो ।

प्रकाशित : २० माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६