काठमाडौं २० माघ । नेकपा(एमाले )ले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा नौ जना सदस्य थप गरेको छ । भक्तपुरमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा नौ सदस्य मनोनित गरेको हो ।
एमाले सचिवालय बैठकले गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्कालाई प्रचार विभाग सदस्यमा मनोनित गरेको हो । एमाले प्रचार विभाग प्रमुखमा पार्टीका उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य विष्णु रिजाल रहनु भएकोछ
उनीहरुले गएको मंसिरमै जिम्मेवारी पाएका भए पनि बाँकी सदस्य चयन हुन सकेको थिएन । बुधबारको सचिवालय बैठकले प्रचार विभागका साथै उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा समेत सदस्यहरू मनोनित गरेको छ ।
प्रतिक्रिया