प्रदेश

सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प



काठमाण्डौ, २० माघ । सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ ।

किसान हकहितका लागि भन्दै गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा यातायात ठप्प भएको छ।यस्तै, राजमार्ग बन्द हुँदा मधेस प्रदेश हुँदै पूर्व, पश्चिम जाने आउने लामो दूरीका गाडी पनि चल्न सकेको छैन ।

राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ ।

प्रकाशित : २० माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६