प्रदेश

वैशाखदेखि नियमित उडान गर्ने तयारीमा रेसुङ्गा विमानस्थल



गुल्मी, २० माघ । गुल्मीको रेसुङ्गा विमानस्थलमा आगामी वैशाखदेखि नियमित उडान गर्ने गरी काम थालिएको छ ।

अहिले विमानस्थलमा टर्मिनल भवन र धावन मार्गको काम सम्पन्न हुने चरणमा छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम अबको एक सातामा सकिने आयोजना प्रमुख सञ्जीव खड्काले बताए ।

विमानस्थलको धावन मार्ग र टर्मिनल भवनको काम सकिएपछि कार्यालय व्यवस्थापनको काम बाँकी रहने आयोजना प्रमुख खड्काको भनाइ छ ।

विमानस्थलबाट टुइनेटर विमान उडान हुने भएकाले नियमित उडान हुने रेसुङ्गा नगरपालिका वडानम्बर१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताए । नियमित उडानका लागि विभिन्न एअरलाइन्स कम्पनीसँग छलफल भइरहेको उनले बताए ।

उनले गत वर्षको मंसिरदेखि नै एअरलाइन्स कम्पनीले उडान गर्नका लागि इच्छुक देखिएको बताए । अब यहाँको सम्पूर्ण काम पूरा भएपछि नियमित उडान गर्नका लागि छलफल अगाडि बढाइने उनको भनाइ छ ।

विमानस्थलसम्म आउने मोटरबाटो स्तरोन्नती, कालोपत्रेलगायतका कामहरूमा पनि ध्यान दिइएको अर्यालले बताए ।

अब प्राबिधिक समस्या नआए वैशाखबाट विमानस्थल सञ्चालनमा आउने उनको भनाइ छ । रेसुङ्गा विमानस्थलमा २०७५ साल जेठ २७ गते परीक्षण उडान पनि गरिएको थियो ।

कालोपत्रे गर्ने काम बि एण्ड डी निर्माण काम्पनीले काम गरिरहेको छ । टर्मिनल भवनको चार करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ ।

विमानस्थलको हालसम्म २४ करोड बढी रकम खर्च भएको रेसुङ्गा निमानस्थलका आयोजना प्रमुख खड्काले बताए ।

विमानस्थलमा ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ । विमानस्थलको क्षेत्रफल जम्मा १७८ रोपनी रहेको छ ।

जसमध्ये ७८ रोपनी जग्गा व्यक्तिको र बाँकी जग्गा सार्वजनिक रहेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।

प्रकाशित : २० माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६