खोज–अनुसन्धान

सभामुख हटाउन एमाले भन्दा कांग्रेसलाई वाध्यता: रायमाझी




काठमाण्डौ २१ माघ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सभामुख अग्नी प्रसाद सापकोटा बिधी र पद्दतीमा नचलेकाले उनलाई जतिसक्यो चाडो हटाउनु मुलुकका लागि हितकर हुने बताएका छन्।सभामुख सापकाटाले पदिय मर्यादा आचारण मात्र उल्लंघन गरेका होईनन उनले बिधी पद्दती र कानूनको खिल्ली उडाएका छन् त्यसैले उनलाई जतिसक्दो चाडो हटाउनु पर्छ काठमाडौमा आयोजित कार्यक्रममा रायमाझीले भने।पहिला एमालेलाई मात्र हटाउने मन लागेको भन्दै यतिबेला कांग्रसलाई उनलाई हटाउने वाध्यता आइपरेको दावि गरेका छन् । नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको उल्लेख गर्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताए।सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले चलेनन उनी सदनको काम कावर्वाही प्रचण्डको सल्लाहमा मात्रै गर्छन उनी प्रचण्डको ईशारामा मात्रै चलेकोले सभामुखको मर्यादा समेत कायम रहन सकेन रायमाझीले भने।

सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताउदै संसद्को काम कारबाहीलाई सञ्चालनमा ल्याउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने समेत बताए।अहिले हामी सरकारमा छैनौँ,प्रतिपक्षमा छौँ सरकारमा रहेका पार्टीहरु,गठबन्धनले के गर्छ ? त्यो कुरा टुङ्गो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन। सरकारले आफ्नो पोजिसन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निर्णय गर्छ।एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लगाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौँ।उनले भने। सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाए ।उनले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै पार्टीले आउँदो निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताए।

प्रकाशित : २१ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६