खोज–अनुसन्धान

मेयर शाह कांग्रेस प्रबेश गरे , तर कांग्रेसका ३ अध्यक्षले प्रबेशको निन्दा र भ्रत्सना गरे



कपिलवस्तु २२ माघ ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदावारी दिएर विजय भएका शाह कांग्रेस प्रवेश गर्नुभएको हो ।सनिवार आफनै निवास वहादुरगंजमा एक कार्यक्रमका विच वडा अध्यक्ष सहित करिव ४ हजार समर्थक सहित शाह नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले वताएको छ । शाहलाई पार्टि सदस्यता प्रदान गर्दै लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसमा स्वागत गर्नुभएको छ । शभापति पुनले नगरप्रमुख शाहको नेपाली कांग्रेसमा प्रवेशले कपिलवस्तु क्षेत्र न ३ मा कांग्रेस थप वलियो भएको विश्वास व्यत गर्नुभएको छ ।
नगरप्रमुख शाहलाई पार्टिका लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय , प्रतिनिधि शभा सदस्यहरु अभिषेक प्रताप शाह , अतहर कलाम , जिल्ला सभापति अव्दुल कलाम सहितका नेताहरुले सुभकामना व्यत गरेका छन । नवप्रवेशि नगरप्रमुख शाहले स्वतन्त्र भई काम गर्न कठिनाई भोगेको वताउनुभएको छ । केन्द्र देखि स्थानीय तह सम्म विभिन्न पार्टिका सरकार भएकाले आफु स्वतन्त्र भएर काम गर्न खोज्दा कृष्णनगरको विकासको लागी सहयोग प्राप्त गर्न नसकेको दुखेसो व्यतm गर्नुभयो ।शाहले नेपालको विकाशील र लोकतान्त्रीक पार्टि नेपाली कांग्रेस भएको ठहर गर्दै आफु कांग्रेस प्रवेश गरेको वताउनुभएको छ । शाह संगै नगरपालीका वडा न ९ का वडा अध्यक्ष राममिलन चौधरी , वहुजन पार्टिका प्रभावशाली नेता चर्तुभुज कहांर , सहित विभिन्न पार्टि परित्याग गरि १ हजार समर्थक प्रवेश गरेको कांग्रेस कपिलवस्तुले जनाएको छ ।

यता मेयर शाहको कांग्रेस प्रबेशको घटना लगत्तै कांग्रेस क्षेत्रिय सभापति ब्रम्हानन्द उपाध्याय, ,प्रदेश ३ ख सभापति मुक्तेश्वर मिश्रा र कृष्णनगर सभापति देवानन्द शुकलाले संयुक्त विज्ञप्ती जारी गर्दै घोर निन्दा तथा भ्रत्सना गरेका छन् । विज्ञप्तीका शाहका घरमा गएर पार्टी प्रबेश गराउनु र कांग्रेसको कुनै पनि कमिटीलाई जानकारी नहुनुलाई निन्दनीय घटनाका रुपम चित्रण गरेकाछन् । यो घटना पछि अवको चुनावमा मेयर बन्न कांग्रेस प्रबेश गरेका शाहलाई धक्का लाग्ने आकलन कांग्रेस बृत्तमा भई रहेको छ ।

प्रकाशित : २२ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६