जीवनशैली

अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चार जना पक्राउ



काठमाडौं २४ माघ -नेपाल प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चार जनालाई पक्राउ गरेको छ।प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका ३० वर्षीय मानसिंह विश्वकर्मा, झापाका २२ वर्षीय समिर रसाईली र मकवानपुरका ३२ वर्षीय गोकुल डल्लाकोटीलाई आइतबार विमानस्थलको पार्किङबाट पक्राउ गरेको हो।

प्रहरीले पदमबहादुरका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप, मानसिंहका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप तथा समिरका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको हो।

भन्सार छलेर सामान ल्याउन लगाउने गोकुललाई समेत प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।पक्राउ परेकालाई बरामद गरिएको सामानसहित आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित : २४ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६