खोज–अनुसन्धान

राज्यका तीन अङग असफलता उन्मुख :ज्ञवाली




बुटवल २४ माघ । नेकपा एमालका उपमहासचिव प्रदिप ज्ञवालीले राज्यका तीन वटै निकायहरु असफलतातर्फ उन्मुख भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै ज्ञवालीले सरकारको क्रियाकलापले राज्यका तीन वटै निकायहरु असफलतातर्फ उन्मुख भएको र लोकतन्त्र नै संकटमा पुगेको बताउनुभएको हो । उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्नु पर्ने भन्दै गठबन्धन सरकारले आफ्नो अनुकुलताका लागी संविधानको मर्म माथि प्रहार गरेको औल्याउनुभयो ।

उहाँले वर्तमान सरकारले एमसिसीको बारेमा दोहोरो चरित्र देखाएको आरोप लगाउदै एमसिसीका प्रतिनिधिलाई एमसिसी पारित गर्ने प्रतिबद्धता व्यक्त गर्ने र नेपाली जनतालाई एमसीसीको बारेमा गुमराहमा राख्ने काम गरेको जिकिर गर्नुभयो । पूर्व मन्त्री समेत रहनुभएका ज्ञवालीले सभामुखले संसदलाई बन्धक बनाएको आरोप लगाउदै सभामुखको भुमिका नै विवादास्पद रहेको बताउनुभयो । उहाँले एमसीसी संसदमा लगेपछि नेकपा एमालेले आफ्नो धारणा राख्ने प्रष्ट पार्नुभयो ।

प्रकाशित : २४ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६