काठमाडौं २७ माघ – प्रमुख विपक्षी दल नेकपा एमालेले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।त्यस दिन एमालेले विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना गरेको छ । ‘बैठक जुध्यो र त्यस दिनको प्रतिनिधिसभा बैठक अर्को दिन सारिदिनका लागि आग्रह गरेको छु’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भन्नु भयो ।
प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुुख तथा अध्यक्ष, उपाध्यक्षहरु र प्रदेशभित्रका सबै सांसदहरु सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक स्थगित गर्न भनिएको उहाँले बताउनु भयो ।
पछिल्लो समय प्रतिनिधिसभाको बैठक निरन्तर रुपमा स्थगित हुँदै आएको छ । पुस ७ यता मात्रै प्रतिनिधिसभाको बैठक निरन्तर ६ पटक स्थगित भइसकेको छ ।
प्रतिक्रिया