जीवनशैली

तुलसीपुरको १ जुत्ता चप्पल गोदाममा भीषण आगोलागी , निकालियो २ जनाको शव



तुलसीपुर,
२८-माघ/ तुलसीपुरको जुत्ता चप्पलको गोदाममा मध्यरातमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गएराती २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका- ५ ‘ङ’ लाईनस्थित ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा भएको आगलागीमा परी पाँचजना घर भित्रै फसेको प्रहरीले बताएको छ । ति मध्ये प्रहरीले अहिले दुई जनाको शव निकालेको पत्रकार शरद रेग्मीले जानकारी दिए ।

‘घर भित्र तीनदेखि पाँच जनासम्म मानिस फसेको हुनसक्ने आशंका स्थानीयले गरेका छन् । तर आगो र धुँवाको राले भित्र जान समस्या भएको बताईएको छ । दुई बजेतिर गस्तीको प्रहरीले आगो लागेको देखेको थियो । घर धनी काठमाडौंमा बस्ने हुँदा उक्त गोदाम कसको हो भन्ने कुरा पनि अहिलेसम्म नखुलेको डिएसपी अर्यायलले जानकारी दिए ।

अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् । विद्युत मिटर पड्किदा आगलागी भएको प्रहरीले आशंका गरेको छ ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६