जीवनशैली

आजदेखि दुधको मुल्य प्रतिलिटर १४ रुपैयाँले बढयो



काठमाडौं २८ माघ ।

दुग्ध विकास संस्थान ९डिडिसी०ले दुधको उपभोक्ता मूल्य बढाएको छ। यसअघि दुधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रहेकोमा आजदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ हुने भएको छ।

डिडिसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दुधको मूल्य प्रतिलिटर ८५ निर्धारण गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णयअनुसार डिडिसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ। काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ मूल्य कायम हुनेछ।

यसअघि काठमाडौँमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० तोकिएको थियो। बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई ४८ पैसा उद्योगीले पाउनेछन्।

यस्तै पाँच प्रतिशत फ्याट हुने फुलक्रिम ९हरियो प्याकेट० को दुधको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढेको छ। काठमाडौंमा यस्तो दुधको मूल्य प्रतिलिटर ११४ रुपैयाँ कायम भएको छ। विराटनगरमा १०४, हेटौंडा र जनकपुर क्षेत्रमा १०२ र लुम्बिनी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १०० रुपैयाँ कायम भएको छ।

डिडिसीले बिक्री गर्ने गाईको दुध ९पहेँलो प्याकेट० को मूल्य लिटरमा १० देखि १२ रुपैयाँसम्मले बढेको छ। अब यस्तो दुधको मूल्य काठमाडौंमा प्रतिलिटर १०२ रुपैयाँ, विराटनगरमा एक सय रुपैयाँ र हेटौंडा–जनकपुर क्षेत्रमा ९६ रुपैयाँ कायम भएको छ।

यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६।५२ रुपैयाँ वृद्धि गरी ५६।०४ रुपैयाँ निर्धारण गरेको थियो।

त्यसअघि किसानले बेच्ने दुधको मूल्य प्रतिलिटर ४९।५२ रुपैयाँ थियो। किसानका लागि तथा उपभोक्ताका लागि बढेको दुधको मूल्य आजदेखि लागू हुने डिडिसीले जनाएको छ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६