खोज–अनुसन्धान

चितवन राप्तीको पशुपंक्षी कृषि फर्ममा देखियो बर्ड फ्लू



चितवन २८ माघ– यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुनस् देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्ममा बर्ड फ्लू देखिएको हो ।फर्ममा कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौं पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनु भयो । उहाँका अनुसार बर्ड फ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो ।

उक्त फर्ममा दुई हजार कुखुरा छन् । उक्त फर्मको १०० मिटर वरपर रहेका पंक्षी नष्ट गर्ने काम आज हुने उहाँले बताउनु भयो । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उहाँको भनाइ छ । शङ्कास्पद फर्महरूको नमूना सङ्कलन गरी परीक्षण गरिने उहाँले जानकारी दिनु भयो ।बर्ड फ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उहाँको भनाइ छ ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६