प्रदेश

अर्घाखाँचीमा कोभिड १९ ले बन्द भएका सेवा फागुन १ देखि सुचारु हुने



अर्घाखाँची, २९ माघ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले फागुन १ गतेदेखि नियमित रुपमा सबै सेवा सुचारु हुने भएको छ । सो जिल्लामा बार अनुसार सेवा भोली आइतबारदेखि हटाउने भएको हो । कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु गत माघ ६ गतेदेखि बार अनुसार आलोपालो गरी सेवा प्रदान गर्दै आएको थियो ।

तर अहिले कोभिड १९को जोखिम केही कम भएकाले फागुन १ गतेदेखि नियमित सेवा प्रदान गर्ने प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सो जिल्लाका ६ वटा पालिकामा नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, लगायतका सेवाहरु बार अनुसार प्रदान गरिंदै आएको थियो । अब सबै हटाएर नियमित सेवा प्रवाह गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो ।

त्यस्तै मठमन्दिर, मस्जिद गुम्बा चर्च लगायतका धार्मिकस्थलहरु,खेलकुद ,गोष्टी ,सेमिनार ,समिक्षा बैठक,होटल तथा ब्यवसाय पनि नेपाल सरकारले तोकेका स्वस्थ्य मापदण्ड पालना गरी संचालन हुने भएका छन ।

प्रकाशित : २९ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६