अन्तर्राष्ट्रिय

चेल्सी फिफा क्लबले जित्यो विश्वकप फुटबलको उपाधि



एजेन्सी- चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मिरस अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन बनेको हो। चेल्सीलाई उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे। पाल्मिरसका राफेल भेइगाले एक गोल फर्काए।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५४ औं मिनेटमा रोमेलु लुकाकुले हेडमार्फत गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ६४ औं मिनेटमा राफेल भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मिरसलाई १-१ गोलको बराबरीमा फर्काए।

त्यसपछि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा चेल्सीका हाभर्ट्जले पेनाल्टीमा निर्णायक गोल गरे। उनले ११७ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए। यस्तै अतिरिक्त समयको इन्जुरी समयमा ग्रासियाले रातो कार्ड पाएपछि ब्राजिलियन क्लब १० खेलाडीमा समेटिएको थियो।

चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो। क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६