प्रदेश

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता भएपनि बारले आफ्नो आन्दोलनलाई जारी राख्ने




काठमाण्डौं, ०१ फागुन ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलनलाई जारी राख्ने भएको छ । यद्यपि आन्दोलनको स्वरूपलाई परिवर्तन गरिने नेपाल बारले जनाएको छ ।
नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले आन्दोलनको स्वरुपमा परिवर्तन गर्ने बताए । प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि बारको आन्दोलन के हुन्छ भन्ने प्रश्नमा महासचिव पौडेलले भने, ‘प्रधानन्यायाधीशको बहिर्गमनका लागि यो सुरुवात मात्रै भएको हो । हामी अझै पनि हाम्रो आन्दोलनलाई जारी नै राख्छौँ । न्यायपालिका शुद्धीकरणका लागि थालिएको आन्दोलन भएकाले शुद्धीकरणको लागि मार्ग प्रशस्त नभएसम्म हाम्रो आन्दोलन जारी नै रहन्छ ।’

प्रधानन्यायाधीशमाथि नै महाभियोग आइसकेपछि किन आन्दोलन त भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो आन्दोलन प्रधानन्यायाधीशविरुद्ध होइन, चोलेन्द्र शमशेर जबराविरुद्ध हो । उहाँ पूर्णरुपमा नहटेसम्म आन्दोलन जारी नै रहन्छ । तर अब आन्दोलनको स्वरुप परिवर्तन हुन्छ ।’

आन्दोलनको स्वरुप कस्तो हुने भन्ने सम्बन्धमा बारले बैठक बसेर निर्णय लिने भन्दै तत्कालका लागि न्याय सम्पादनमा असर नगर्ने गरी, अदालतलाई कुनै अप्ठेरो नपर्ने गरी आन्दोलन जारी नै राख्ने महासचिव पौडेलले बताए ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६