हरि घिमिरे,
कपिलवस्तु १ फागुन ।आई.सी.एफ.सी. फाईनान्स लिमिटेड ओदारी शाखा कपिलवस्तुको शाखा स्थानान्तरण भएको छ । आईतवार (आज) एक कार्यक्रमका बीच बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु र वडा नं.११ का वडाध्यक्ष सोमनाथ अर्यालले फाईनान्सको नयाँ कार्यलयको संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको हो ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले यस बैंकले गर्दा ओदारी क्षेत्रका मात्र नभएर वाणगंगा नगरवासीले समेत सहज रुपमा कर्जा प्राप्त गर्न सजिलो भएको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर थारुले ओदारी शाखाले यहाँका जनतामा पु¥याएको सेवा अतुलनिय रहेको बताउनु भयो । उहाँले यस्ता लगानिका लागि उपयुक्त फाईनान्सले जन स्तरको आर्थिक तथा व्यवसायिक वृद्धिमा थप सुबिधा पुगेको उहाँको भनाई छ । यस्तै वडा न. ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले आई.सि.एफ.सी. फाईनान्स यस क्षेत्रका जनताका लागि भरपर्दो माध्यम भएको बताउनु भयो । उहाँले आगामि दिनहरुमा पनि नागरीकको भरपर्दो माध्यम बनोस भनि शुभकामना समेत ब्यक्त गर्नुभयो ।
यस्तै फाईनान्सले प्रदेश १, बाग्मती प्रदेश र लुम्बिनि प्रदेशमा शाखा बिस्तार गर्ने योजना रहेको क्षेत्रीय प्रवन्धक बिकल क्षेत्रीले बताउनु भयो । कार्यक्रममा क्षेत्रिय प्रवन्धक बिकल क्षेत्री,बुटवल शाखाका प्रवन्धक कमल ज्ञवाली ,भैरहवा शाखा प्रमुख रमेश प्रसाद ज्ञवाली, ड्राईभर टोल शाखा प्रमुख दिपक अर्याल, समाजसेवी रबि वहादुर काफ्ले लगायको उपस्थीती रहेको कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक कुमार थापाले गर्नु भएको थियो ।
प्रतिक्रिया