अन्तर्राष्ट्रिय

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस



काठमाडाैं २ फागुन -भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमी/प्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु बी माई भ्यालेन्टाइन ?” भन्न धेरै जना १४ फेब्रुअरीलाई नै पर्खिइरहेका हुन्छन् ।

चेल्सी इन्टरनेसनलमा अध्यनरत सौगात मधिकर्मी यस दिनलाई माया गर्नेहरूको दिन हो भन्छन्। उहाँका अनुसार आफूले मन पराएका व्यक्ति पनि यही दिनको प्रतीक्षामा हुन्छ । सामान्य दिनभन्दा पनि भ्यालेन्टाइन डेमा अलि सचेत हुने भएकाले यस दिनमा माया साटासाट गर्न सजिलो हुन्छ । उनले आफूले माया गर्ने व्यक्तिलाई कति धेरै माया गर्छु भनेर ‘लभ एक्सप्रेस’ गर्ने मौका भ्यालेन्टइन डेमा नै पाइने धारणा व्यक्त गरे ।

नयाँ प्रेमिल जोडीको खोजी र प्रस्ताव राख्ने मात्र नभई विवाहितका लागि पनि प्रेम सम्बन्ध अरू प्रगाढ बनाउने दिन पनि यसलाई मानिन्छ । त्यसैले भर्खर विवाह बन्धनमा बाँधिएका बालाजुका सञ्जय कार्कीलाई फेब्रुअरी ७ देखि नै फुर्सद छैन ।

“भ्यालेन्टाइन सप्ताहको पहिलो दिनमा रोज डे भनेर रातो गुलाफ दिएँ”, उनले भने, “दोस्रो दिनमा प्रपोज डे, तेस्रो, चौथो, पाँचाँै, छैठौँ, क्रमशः चकलेट डे, टेडी डे, प्रमिस डेमा विभिन्न उपहार दिएर मेरी प्रेमिका अर्थात् श्रीमतीलाई खुुसी बनाउँदैछु । ” भ्यालेन्टाइन डेमा चाहिँ नगरकोट जाने योजना रहेको उनले बताए । कार्कीले थपे, “यति नगरे श्रीमती रिसाउँछिन् । पश्चिमी संस्कृति भए पनि खुसीका लागि मान्नै परेको छ । ”

एक दशकयता अत्याधुनिक प्रविधिले नेपालमा भ्यालेन्टाइन डेको रौनक ह्वात्तै बढाएको छ । नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलबाट एसएमएस गरी पनि भ्यालेन्टाइन डे मनाउने चलन छ ।

प्रेम व्यक्त गर्न प्रयोग गरिने सामान खरिद गर्न यतिबेला साना–ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् । खिचापोखरीस्थित आर्चिज गिफ्ट पसलका व्यापारी रूपा तामाङले वर्ष दिनमा सबैभन्दा बढी व्यापार भ्यालेन्टाइनमा हुने बताए ।

उनले यस अवसरमा रातो गुलाफ तथा ‘आई लभ यु’ लेखिएका विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, अत्तर, चकलेट जस्ता सामान बढी बिक्री हुने पनि जानकारी दिए। 

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६