अर्थ-वाणिज्य

आधारभूत स्वास्थ्य सेवाको पूर्ण पहुँच पालिका घोषित



कपिलवस्तु ३ फागुन /कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गाेपाल बहादुर थापाले अहिले विजयनगर गाउँपालिका आधारभूत स्वास्थ्य सेवा सुविधाहरूमा सम्पन्न हुँदै गइरहेको बताउनुभएकाे छ । उहाँले स्थानीय सरकार आइसकेपछि गाउँपालिकाले स्वास्थ्य क्षेत्रकाे विकासमा छिटै फड्को मार्न सफल भएकाे बताउनुभयो ।उहाँले भन्नुभयो “आधारभुत सेवाका लागि पालिकाबासीले बाहिर जानै पर्दैन” साेमबार गाउँपालिकाकाे सभा हल खडैचामा आयाेजित एक सम्मान कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले गाउँपालिकाकाे सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्ने गरी एम्बुलेन्स सेवा, स्वास्थ्य चाैकी देखि लिएर आधारभूत स्वास्थ्य इकाई केन्द्रकाे स्थापना गरि सर्वसुलभ रुपमा सेवा दिँदै आएकाे बताउनुभयो । वडा नम्बर ६ बद्दाैरमा १५ शय्याकाे अस्पताल बन्ने सूचना निस्किसकेकाे अध्यक्ष थापाले जानकारीसमेत दिनुभयो ।

मानव विकास सुचाङ्कमा सबैभन्दा पछाडी परेकाे ठाउँ भए पनि हरेक पुर्वाधारहरुमा अन्य पालिकाभन्दा विजयनगरले नमुना काम गरेकाे उहाँकाे भनाइ छ । अध्यक्ष थापाले साविकका गाविसहरू हुँदा घरमै वा अन्य ठाउँमा सुत्केरी गराउन लैजाने बाध्यता रहेकाे थियो भने अहिले गाउँपालिकाले ३ वटा बर्थिङ सेन्टर (प्रसुति गृह) र आयुर्वेदिक औषधालय सञ्चालनमा ल्याइसकेको बताउनुभयो । स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा खेलेकाे उल्लेखनीय भुमिकाकाे प्रशंसा गर्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।त्यस्तै कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले स्वास्थ्यमा क्षेत्रमा भएको परिर्वतन स्वास्थ्यकर्मीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले सबैकाे अथक प्रयासले स्वास्थ्य सेवा सुविधा सहज भएकाे बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले एक कार्यक्रमका बीच ‘जहाँ स्वास्थ्य संकट, त्यहाँ स्वास्थ्यकर्मी’ भन्ने मुलनाराका साथ पालिकाका स्वास्थ्यकर्मीले सेवाप्रति गरेका याेगदानकाे कदर गर्दै सबै स्वास्थ्यकर्मीलाई सम्मान गरिएकाे जानकारी दिनुभयो ।स्वास्थ्य शाखा प्रमुख अधिकारीले विश्व भरि फैलिएको काेराेना महामारीकाे विषम् परिस्थितिमा पनि आफ्नाे ज्यानको बाजी लगाउँदै स्वास्थ्यकर्मीले गरेका कार्य अतुलनीय रहेकाे बताउनुभयो । उहाँले आगामी दिनमा स्वास्थ्य सेवालाई अझै प्रभावकारी तरिकाले सबै जनताको पहुँच स्वास्थ्यमा पुग्न सकिने गरि अगाडी बढाउँदै लैजाने बताउनुभयो ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६