जीवनशैली

कांग्रेस संसदीय दलको बैठक आज



काठमाडौं ३ फागुन -प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि लगाइएको महाअभियोग प्रस्तावबारे छलफल हुने प्रमुख एजेन्डा रहेको छ ।

कांग्रेससहित ९८ जना सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको प्रस्ताव पेस गरेका थिए । साथै, कांग्रेस संसदीय दलको विषयमा एमसीसीका बारेमा पनि छलफल हुने बताइएको छ । महाअभियोग प्रस्ताव पारित गर्न दुई तिहाइ सांसदको अवाश्यकता पर्छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग स्थानीय निर्वाचन सार्ने षड्यन्त्र भएको बताइरहेको छ । महाअभियोग प्रस्तावका पक्षमा कांग्रेस संसदीय दलले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको बताइएको छ । बैठक बिहान नौ बजेदेखि बस्नेछ ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६