हरि घिमिरे, ०३ फागुन ।
कपिलवस्तुको बाणगंगामा बाणगंगा क्लिनीक सञ्चालनमा आएको छ । लकडाउनको समयमा घर–घरमा डाक्टर र अक्सिजन बैंक अभियान सञ्चालन गर्ने युवा प्रविन पौडेलले उक्त क्लिनीक सञ्चालन गरेका हुन् । बाणगंगा नगरपालिका वडा न.४ दरखास्तबाट क्लिनीक सेवा प्रदान गरिएको छ । “हो हामी सेवा गर्छौ” भन्ने उदेश्य सहित सेवा प्रवाहमा लागेको सञ्चालक पौडेलले बताए । क्लिनीकमा आधा दर्जन भन्दा बढि बिशेषज्ञले सेवा दिई रहेको उनको भनाई छ । लामो समय देखि कपिलवस्तु जेसिज लगाएत विभिन्न संघ संस्थाहरुमा सेवारत पौडेलले क्लिनीक सञ्चालनमा ल्याउनु यस क्षेत्रका लागि निकै महत्वपुर्ण मानिएको अगुवा हरु बताउछन् । क्लिनिकमा प्रत्येक महिनाको पहिलो शुक्रवार भेरि अञ्चल अस्पतालका छाला, यौन, गुप्त तथा जनेन्द्रीय (निःसन्तान) रोग विशेषज्ञ डा. जि.राज. शाक्यले सेवादिएका छन् । त्यस्तै पहिलो शनिबार आम्दा अस्पतालमा कार्यरत महिला तथा प्रसुती रोग विशेषज्ञ डा. विजया लम्सालले सेवा दिएका छन भने सोहि दिन बालरोग विशेषज्ञ डा. सुमि मरहठ्ठाले सेवा दिएको बताईएको छ । यस्तै दोस्रो तथा चौथो शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत हाड,जोर्नी,नशा, बाथ रोग एवं ट्रमा सर्जन विशेषज्ञ डा. लक्ष्मण शर्माले सेवा दिईरहेका छन् । सातै बार सेवा प्रवाह गर्दौ आएको यस क्लिनिकले तेस्रो शुक्रबार कान्तीपुर अस्पताल काठमाण्डौंका जनरल तथा ल्याप्रेस्कोपिक सर्जन तथा पायल्स रोग विशेषज्ञ डा.प्रभाकर शाहद्धारा चेक जाँच भईरहेकोे जनाईएको छ । तेस्रो शनिबार देव दह मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सन्तोष शर्माले सेवा दिएका छन् भने सोहि दिन लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत मनोरोग विशेषज्ञ डा. एन्जील क्षेत्रिले सेवा प्रदान गरेका छन् । यस्तै चौथो शुक्रबार सुगर तथा थाईराईड विशेषज्ञ सेवा उपलब्ध हुने सञ्चालकको भनाई छ । सेवाग्राहीको आवश्यकतालाई महशुस गरि अन्य विशेषज्ञ सेवाहरु पनि थप गर्ने लक्ष्य क्लिनिकले लिएको छ । अहिले दैनिक ५० भन्दा बढि बिरामिले सेवा लिईरहेका छन् ।
३ फाल्गुन २०७८, मंगलबार
प्रतिक्रिया