प्रदेश

टिकट पाउने होड बाजिमा दल फेर्दै जनप्रतिनिधि

चुनावको मिति तोकिएपछि जनप्रतिनिधीहरु छलफल र बार्गेनिङमा





चन्द्रौटा,०३ फागुन
सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेपछि निर्वाचित जनप्रतिनिधिहरू लाई दल फेर्न भ्याई नभ्याई छ । स्वतन्त्र तथा विभिन्न पाटी वाट निर्वाचित जनप्रतिनिधि हरूले राजनीतिक दलवाट टिकट पाउने आसमा दल फेर्ने गरेका छन् । चार वर्ष सम्म कुनै दलमा समावेश नभएका प्रतिनिधिहरू चुनावको मिति तोके पछि सबै पाटीहरू सँग छलफल र बार्गेनिङ सुरु गरेकाछन् । बार्गेनिङका क्रममा जुन पार्टीले आश्वासन तथा आफूले चाहेको पद दिनतयार हुन्छ त्यही पार्टीमा जाने तयारी गरेको पाइन्छ ।
केही दिन अघि कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह भव्य कार्यक्रमको आयोजना गरी काँग्रेसमा प्रवेश गरे । स्वतन्त्र रूपमा मेयर जितेका शाह एमाले र माओवादीमा प्रवेश गर्ने भनिएपनि अन्ततःकाँग्रेसमा प्रवेश गरेका छन् । उनलाई काँग्रेसले मेयरको उम्मेदवार बनाउने पक्का भएपछि काँग्रेसमा प्रवेश गरेको बताइन्छ ।
प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले काग्रेसवाट मेयरको टिकट दिलाउने आश्वासन दिए पछि उनीप्रवेश गरेका हुन । उनी सँग वडा न ९ का अध्यक्ष राम मिलन चौधरी पनि काँग्रेसमा प्रवेश गरे । कपिलवस्तुमा मात्र होइन अन्य जिल्लामा पनि जनप्रतिनिधिहरू पाटी प्रवेश गरिरहेकाछन् ।
रुपन्देहीको सम्माई गाउँपालिकाका अध्यक्ष जितेन्द्र नाथ सुक्ला नेकपा माओवादीमा प्रवेश गरेका छन् । फोरम लोकतान्त्रिक वाट निर्वाचित सुक्ला निर्वाचनको मुखमा पाटी प्रवेशलाई महत्वका साथ हेरिएको छ । माओवादी सङ्गठनपनि रहेको र उम्मेदवार बन्न पाउने आसमा उनीप्रवेश गरेको बुझिएको छ ।
कपिलवस्तुको कृष्णनगर नरपालिका ३ का वडा अध्यक्ष सगिर अहमद नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र वाट निर्वाचित अहमदलाई केपी शर्मा ओलीले प्रवेश गराएका हुन ।
शिवराज नगरपालिका वडा ७ का वडा अध्यक्ष अनुपकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकाछन् । चौधरी लाई मेयरको उम्मेदवार बनाउने आश्वासन पाए पछि प्रवेश गरेको बुझिएको छ ।
तत्कालीन विजय कुमार गच्छेदार नेतृत्व फोरम लोकतान्त्रिक पार्टी वाट निर्वाचित शिवराज नगरपालिका वडा २ काअध्यक्ष रामबहादुर चौधरी काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसले वडा अध्यक्षको टिकट दिने भने पछि उनी काँग्रेसमा प्रवेश गरेका हुन । चौधरी सहित वडा सदस्यहरू जसराम अहिर,प्रभु थारु,चिन्का पासी पनि काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६