प्रदेश

प्रदेश प्रमुख अमिक शेरचन द्वारा प्रदेश बासीलाई शुभकामना




बुटवल, ०३ फागुन ।
लुम्बिनी प्रदेश स्थापना को चारवर्ष पुरा भएको अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश वासी सबैलाई शुभकामना दिनुभएको छ।
शुभकामना दिने क्रममा उहाँले भन्नुभयो अमिक शेरचन जननिर्वाचित संविधानसभाबाट घोषणा भएको संबिधान बमोजिम सातवटै प्रदेश खासगरी लुम्बिनी प्रदेश स्थापना भएको आज चौथो वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ। लुम्बिनी प्रदेशको चोथौ स्थापना दिवसको यस पावन अवसरमा प्रदेश सरकार स्थानीय सरकार र प्रदेशबासि एबम देशबासी सम्पूर्ण आमा बुबा दिदीबहिनी दाजुभाईहरु सेवकहरु प्रती हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको हो।

जनताले झण्डै ७० वर्ष लामो बलिदानी पुर्ण जनसंघर्ष हरुबाट विश्वमै प्रयोग नभएको आफ्नै मौलिकता मा आधारित समावेशी, समानुपातिक, धर्म निरपेक्षता, संघ , प्रदेश र स्थानीय तिन तहको संरचना सहित संघिय गणतन्त्र प्राप्त गरेका छन। यस प्रकारका संरचनागत व्यवस्था बिश्वका अगाडि मैलिक रूपले नै भिन्न छ । यसलाई संकटमा वा कमजोर पार्ने दुस्साहस भैरहेका छन् ।

संविधान आफैंमा गतिशील दस्तावेज हो । संविधान ले असंलग्न, स्वाधिन, समुन्नत समाजवाद उन्मुख राष्ट्रको परिकल्पना गरेको छ । यसैलाई अग्रगामी प्रगतिशील दृष्टिकोण बाट आंच आउन नदिन सजग सतर्क हुनुपर्छ र साथै राष्ट्र हितको पक्षमा दरिलो एकता कायम हुने छ भन्ने विश्वास लिएको छु। उहाँले भन्नुभयो संविधान ले सुनिश्चित गरेका तिन तहका सरकार बाट देश परिचालित छ। जनताले तिनै तहका सरकार बाट देश परिचालित छ। जनताले तिनै तहका सरकार हरुबाट शिक्षा स्वास्थ्य, रोजगारीको ग्यारेन्टी समुन्नत राष्ट्र निर्माण अपेक्षा गरेका छन् ।

समुन्नत विकासका लागि राष्ट्रिय पुजिको अनिवार्य शर्त हुन्छ ‌ । प्रकृतिले दिएका अपार खनिज एवंम आफ्नै देशमा प्राप्त हुने अन्य कच्चा पदार्थमा आधारित उधोग हरूको स्थापना बाट मात्रै स्वाधिन आत्मनिर्भर स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकास संभव हुनसक्छ। परनिर्भर आयातित अर्थतन्त्रबाट राष्ट्रको आत्म स्वाभिमान लाई कमजोर पार्ने र परनिर्भरतामा बाँच्नु पर्ने स्थिति बाट राष्ट्रलाई जोगाउन लागि राष्ट्रिय पुजिको समुचित परिचालित अति आवश्यक हुन्छ। प्रदेश सरकार यस अवसरवाट बन्चित हुने छैन भन्ने विश्वास लिएको छु ।

लुम्बिनी प्रदेश सरकार स्थापना भएको चार वर्ष यता भयो। यस अवधिमा प्रदेश सरकार ले गरेका सकारात्मक कार्यहरू को र कमिकमजोरी हरू बारे सरकारले मुल्यांकन गरेको हुनुपर्दछ भष्ट्राचार, अनियमितता, ढिला सुस्ती, देशको सबैभन्दा खतरनाक क्यान्सर रोगको रूपमा रहेको छ ।

यसलाई निर्मुलिकरण गर्ने कार्यमा सरकार दृढताका साथ अघि बढ्ने छ भन्ने कुरामा विश्वस्त हुदै भष्ट्राचार मुक्त परदेश बनोस् भन्दै शुभकामना सन्देश दिनुभएको छ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६