ब्रेकिंग न्युज

कपिलवस्तु नेकपा एकिकृत समाजवादी नगर कमिटिको बैठक सम्पन्न , बैठकमा के के निर्णय भए त ?



कपिलवस्तु ३ फागुन । कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा (एकिकृत समाजवादी)को शिवराज नगर कमिटिको पूर्ण बैठक सम्पन्न भएको छ । चन्द्रौटामा सम्पन्न भएको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले शिवराज नगरपालिका वडा नं. ३ मा वडा कमिटी गठन गर्ने , वडा नं. १, ९, १० र ११ मा वडा कमिटिको पुर्नर गठन गर्ने निर्णय गरेको छ । फागुन महिना भरीमा सदस्यता वितरण गर्ने, मतदाता लगत संकलन गर्ने नगर कमिटिमा ९ जनालाई मनोनित गर्ने निर्णय गरेको छ ।
शिवराज नगर कमिटि सरोज कुमार पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा अबको निर्वाचनमा पार्टिलाई एक ढिक्का बनाई लैजाने गरी पार्टिका क्रियाकलाप अघि बढाउने निर्णय भएको अध्यक्ष पौडेलले बताउनु भयो । बैठकमा पार्टिका निर्वाचन आयोग सदस्य अहमद अब्दुल रउफ,जिल्ला लंका बहादुर हमाल, प्रदेश सदस्य जित बहादुर रावत, जिल्ला कमिटि सदस्य लिलामणि आचार्य, कविता आचार्य, निशा सिग्देल, जगतमान के.सी., सुमित्रा अधिकारी, फिरोज खान, तुल्सिराम छिपी लगायतको उपस्थितीमा सम्पन्न बैठकको संचालन सचिव विष्णु पाण्डेले गर्नु भएको थियो ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६