प्रदेश

राष्ट्रघाती एमसीसी सम्झौता नेपालको स्वाधीनता र स्वाभिमान विरोधी छः नेता रावल



काठमाण्डौ, ४ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता डा. भीम रावलले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले संसदबाट पास गर्न नहुने बताउनुभएको छ ।

आज बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै सांसद रावलले यस्तो बताउनुभएको हो । उहाँले एमसीसी सम्झौताको धारा ५ का उपधाराहरूमा अमेरिकाको वर्तमान कानुन र भविष्यको कानुन मान्नुपर्ने लेखेको उल्लेख गरिनुका साथै एमसीसीलाई सन्तुष्ट हुने गरी भारतको सहमति लिएर योजना छान्नुपर्ने कुरा रहेकाले एमसीसी राष्ट्रघाती हुनुका साथै नेपालको स्वाधीनता र स्वाभिमान विरोधी भएको बताउनुभयो ।

सांसद रावलले एमसीए नेपालले विभिन्न मन्त्रालयहरूसँग सम्झौता गर्न उचित नहुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘म स्पष्ट शब्दमा भनिरहेको छु । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँग भएका मूल सम्झौता, कार्यान्वयन सम्झौता, त्यसपछि गरेका झन्डै एक दर्जन सम्झौतका थुप्रै प्रावधानहरू राष्ट्रघाती छन् । त्यसले हाम्रो देशको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान, आत्मनिर्णयको अधिकारलाई कुण्ठित गर्छ । संविधानअनुसार हामी निर्वाचित व्यक्तिहरूले कसैको डर नमानी आफ्नो देशको हितमा उभिनेछौँ भन्ने शपथ खाएका छौँ । कुनै पनि पार्टीको नेता, संसदको सदस्यले शपथको विरुद्धमा गएर एमसीसीका राष्ट्रघाती सम्झौताका कतिपय प्रावधानहरूलाई मान्न हुँदैन । एमसीए नेपाल भनेको अर्थ मन्त्रालय अन्तर्गतको विकास समिति अन्तर्गतको सानो कार्यालय भनेको छ । त्यो कार्यालयले मन्त्रालयलाई नियन्त्रण गर्ने सम्झौता गराउने कुन कानुन हो रु दफा ५ र ६ मा अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थभन्दा विपरीत कुनै पनि काम गर्न नपाइने कुरा छ भने अर्को कुरा यो कम्प्याक्ट र यस सम्झौतासँग नमिल्ने गरी कसैसँग पनि कुनै काम गर्न नपाइने छ । यो कुरा कुनै देशसँग नभइ हाम्रो देशको परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानँग सम्बन्धित छ ।’

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६