प्रदेश

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : गठबन्धनको बैठक बेलुका ५ बजे बस्ने



काठमाण्डौ, ०५ फागुन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा उहाँहरुबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी र समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो ।

सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति नहुँदा एमसीसी सम्झौता अन्योलमा परेको छ । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेको छ ।

हिजो बसेको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने भनिए पनि सर्वसहमति विना एमसीसी टेबल भए गठबन्धनबाट बाहिरिने प्रचण्डको अडानपछि गठबन्धनको बैठकमा छलफल गर्न लागिएको हो । एमसीसीबारे साझा धारणा बनाउन र सहमति जुटाउन आज गठबन्धनको बैठक बस्न लागेको हो ।

आज दिउँसो ३ बजेका लागि तय भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि बेलुका ५ बजेका लागि सरेको छ ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६