खेलकुद

कपिलवस्तुमा प्रजातान्त्र दिवस : ३ दिन सम्म के के गर्ने निर्णय भयो त ?




कपिलवस्तु ६ फागुन ।कपिलवस्तुमा प्रजातन्त्र दिवसका अवसरमा ३ दिने कार्यक्रम हुने भएका छन। जिल्ला प्रशासन कार्यलय कपिलवस्तुमा ५ फागुनमा वसेको सबै कार्यलय प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो । जस अनुसार फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रमहरु आयोजना गरिएका हुन् । सबै सरकारी सस्था र अन्य संघ सस्थाका अफिसमा राष्ट्रिय झण्डा फहराउने, सार्वजनिक निकाय र स्थलहरुमा सरसफाई गर्ने,३दिन साझमा सबैले अफिस र घर पसलमा दिपालवी गर्ने , स्थानीय पालिका केन्द्य्रित विभिन्न खेलकुद प्रतियोगिता गर्ने निर्णय भएको प्रजिअ चक्रपाणी पाण्डेले जानकारी दिनु भयो।
कपिलवस्तु नगरपालिकाले ब्याटमिण्टन तथा फूटवल गर्नेछ भने अरु पालिकाले आफैले तय गर्नेछन् । यता जिसस कपिलवस्तुले ७ गते विहान ९ वजे औपचारीक समारोहको आयोजना गर्नेछ । कर्मचारी मिलन केन्द्रको आयोजनामा ७ गते विहान ८ ः३० वजे प्रशासन कार्यलय अगाडीवाट प्रभातफेरी रयाली निकालिने समेत निर्णय भएको प्रजिअ पाण्डेको भनाइछ ।

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६