काठमाडौँ, ०६ फागुन । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ । कार्यसूचीमा सर्वाधिक चासोका साथ हेरिएको एमसीसी भने राखिएको छैन ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा एमसीसी टेबल गर्ने बताउनुभएको छ । तर गठबनधनका अन्य दल अहिल्यै एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छैनन् । बिहीबार बालुवाटारमा भएको छलफलमा पनि उनीहरूले त्यही अडान राखेपछि कुरा मिलेन । आज बिहान पुनः गठबन्धनको बैठक बस्ने नेताहरूले बस्दै छ ।
गठबन्धनको बैठक सकिनेलगत्तै बिहीबार राति प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुग्नुभएको थियो । एमसीसीका कारण नेपालको राजनीतिक समीकरण फेरिने अनुमान गरिएको छ ।
प्रतिक्रिया