हरि घिमिरे, ०६ फागुन
कपिलवस्तुको बाणगंगा नगरपालिका खानेपानि प्रति उत्तरदायी नभएको खानेपानी उपभोत्ता समितिहरुको भनाई छ । बाणगंगामा विहिवार भएको उपभोत्ता समितिहरु संग प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको परिचय तथा छलफलमा उनिहरुले यस्तो भनेका हुन । बाणगंगा नगरपालिका लाई सुझाव दिदै भनेका छन् “नगरपालिकोले खानेपानी संग समन्वय गरेमा हामी तत्परताका साथ जनतालाई शुद्ध खानेपानी खुवाउन लाग्ने छौं ।” छलफलमा बाणगंगा गजेहडा भूपू सैनिक खानेपानि तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाहले जिल्लाका अन्य पालिकाहरुमा झाडापखला रोग फौलिदा बाणगंगाका नगरिक सचेत भएकाले प्रकोप बाट बच्न सकिएको बाताउनु भयोे । यद्यपि उहाँले भन्नुभयो “बाणगंगामा भएको एउटा प्रयोगशालालाई पनि नगरपालिकाले चासो दिदैन् ।” यस्तै बाणगंगा खानेपानि तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष विश्व कार्किले बाणगंगा भएका खोला वारिका खानेपानीहरु र खोला पारिका खानेपानिहरु लाई मर्च गरेर संस्थागत बनाउनु पर्नेमा लाग्न नगरपालिका लाई सुझाव दिनुभयो । उहाँले नगपालिकाले बाटो विस्तार गर्दा खानेपानीका पाईपलाईनको ख्याल नगर्दा त्यसको प्रत्यक्ष असर उपभोत्ता तथा संस्थालाई परेको बताउनु भयो । त्यस्तै बाणगंगाका केहि ठाँउमा जनचेतनाको अझौ कमि देखिएकाले खानेपानी धारा जडानमा कठिनाई आएको उपभोत्ता समितिहरुको गुनासो छ । छलफलमा बाणगंगा भित्रका सबै खानेपानीका पदाधिकारीले आ–आफ्ना गुनासा तथा सुझाव पेस गरेका थिए । छलफलमा नगर उपप्रमुख चक्र अर्यालको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको सहजिकरण रहेको छलफलको सञ्चालन सुचना अधिकारी केशव भट्राईको सञ्चालनमा सम्पन्न भएको थियो ।
६ फाल्गुन २०७८, शुक्रबार
प्रतिक्रिया