अन्तर्राष्ट्रिय

भैरहवा एयरपोर्टवाट व्यवसायिक उडानको मिति तय




काठमाडौं ६ फागुन । भैरहवा निर्माण सुरु भएको ८ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरु हुने भएको छ। २०७९ जेठ २ गते बुद्ध पूर्णिमाबाट विमानस्थलको व्यवसायिक उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।२०७१ साल माघमा शिलन्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, संचार उपकरण जडानलगायत सबै काम सम्पन्न गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको करिब ७० वर्ष पछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा यो विमानस्थल सञ्चालनमा आउने विश्वास गरिएको छ। ‘त्रिभुवन विमानस्थलले कोरोना अघिसम्म वार्षिक ७२ लाख यात्रुको भार वहन गरेको थियो। यसले ९२ लाख यात्रुसम्मको भार वहन गर्न सक्छ। विकल्प अपरिहार्य थियो,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । हाल गौतमबुद्ध विमानस्थलले वार्षिक २० लाख यात्रुहरूलाई सेवा दिन सक्ने बताउँदै उनले भने, ‘अहिले एउटा टर्मिनल भवन छ, दोस्रो टर्मिनल भवन निर्माणका लागि टेन्डर प्रक्रियामा जाँदैछौं, त्यसपछि वार्षिक करिब ७० लाख यात्रुलाई सेवा दिन सक्छौं।’
व्यावसायिक उडानको पूर्वतयारी अन्तर्गत शुक्रबारबाट गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसनयान्त्रिक परीक्षण उडान गरिँदै छ। विमानस्थलमा क्यालिबे्रसन फ्लाइटका लागि विशेष विमान भैरहवा आइपुगेको छ। थाइल्याण्डबाट बंगलादेश, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बिहीबार साँझ उक्त विमान भैरहवा आइपुगेको हो। उक्त विशेष विमानसँगै पाइलट, को–पाइलटसहित ७ जनाको टोली आएका छन्।उक्त विमानले शुक्रबारदेखि विमानस्थलमा जडान गरिएका संचार उपकरण र धावनमार्गमा जडान गरिएको लाइटिङको परीक्षणका लागि उडान सुरु गर्ने विमानस्थल आयोजना प्रमुखले बताए। ‘शुक्रबार बिहानदेखि सम्भवत ७–१० दिनसम्म विमानस्थलमा जडान गरिएका संचार उपकरणलगायतको परीक्षणका लागि क्यालिबे्रसन फ्लाइट हुन्छ’ उनले भने, ‘क्यालिबे्रसन फ्लाइटले जडान गरिएका उपकरण ठिक छन् वा छैनन् भन्ने देखाउँछ।’

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६