जीवनशैली

४० औं मगर दिवस मनाउन १२५ सदस्यीय समिती गठन




हिमानी आचार्य
कपिलवस्तु ७ फागुन । ४० औ मगर स्थापना दिवस विशेष वनाउन गजेहडामा मगरसंघको विस्तारीत बैठक भएको छ । बैठकले ४० औ मगर स्थापना दिवस भव्य तरिकाले सम्पन्न गर्नका लागि सयोंजक ,सहसयाेंजक गरि १२५ सदस्यीय कार्यसमिति चयन गरेकोे छ । जस अनुसार आर्थिक संयोजक हेमबहादुर सोमै,मन्च व्यवस्थापन संयोजक धनराज झेडी,अतिथि व्यवस्थापन संयोजक हेमबहादुर गाहा, प्रचार प्रसार संयोजक मिना राना गाहा, स्वयंम सेवक संयोजक दिलबहादुर झेडि ,सांस्कृतिक संयोजक दिपक राना गरि अन्य समितीलाई जिम्मेवारी दिइएको छ । कार्यक्रममा मगरहरुको आफ्नै पहिचान झल्कने भेष भूषा खानपान नृत्य प्रस्तुत गरिने छ ।
मगर दिवसलाई मगर संघको स्थापना भएको दिनको स्मरण गर्दै फागुण १५ गते मनाईदै आईएको छ । ४० औ मगर स्थापना दिवस यहि फागुन १५ गते गजेहडा हाटबजार लाग्ने ठाउँमा मनाइने निर्यण भएको छ । कार्यक्रम बाणंगंगा. नगरपालिका ३ र ४ वडा समितिको आयोजनामा हुने भएको हो । कार्यक्रममा हेमबहादुर गाहाको अध्यक्षता कुलबहादुरु सोमैको प्रमुख आतिथ्यता साथै मोहन सिंजालि ,पिताम्बर सिंजाली,झमन बहादुर सोमै, धनराज झेडी,मिना राना गाहाको आतिथ्यता साथै मुक्त पुलामिको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : ७ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६