प्रदेश

आज छैटौँ निर्वाचन दिवस मनाइँदैः स्थानीय तहको चुनावमा उत्साहजनक सहभागी हुन आह्वान




फागुन ७, काठमाण्डौ । आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

२०१५ साल फागुन ७ गते नेपाली नागरिकले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।

निर्वाचन आयोगले २०७३ सालदेखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो स्थानीय तह चुनावमा स्वतःस्फूर्त सक्रिय एवम् उत्साहजनक रूपमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरिसकेको छ । नेपालमा संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका सदस्यको चुनाव तथा यसपछि सम्पन्न भएका उपचुनाव र राष्ट्रिय सदस्य चुनावबाट देशभर झण्डै ४१ हजार सत सय जनप्रतिनिधि शासकीय प्रणालीमा सहभागी हुन सफल भएका छन् ।

अघिल्लो तीन चरणमा सम्पन्न स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीको पदावधि संविधान र ऐनअनुसार आउँदो जेठ ५ गते समाप्त हुने भएकाले त्यसअघि नै स्थानीय तहमा जनप्रतिनिधिको चयन गर्न चुनाव हुन लागेको हो ।

पछिल्लो समय चुनाव खर्चिलो र भड्किलो बन्दै गएको भन्दै टिकाटिप्पणी हुँदै आएको छ ।

प्रकाशित : ७ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६