कपिलवस्तु, ०७ फागुन । कपिलवस्तु जेसिज बर्ष–२०२२ ले आज फाल्गुन ७ गते शनिबार प्रजातन्त्र दिवसका अवसरमा बाणगङ्गा–४ सिद्धिपुर स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल बितरण कार्यक्रम सप्पन्न गरेको छ।
कपिलवस्तु सामुदायिक अस्पतालमा भएको उक्त कार्यक्रममा कपिलवस्तु जेसिजका अध्यक्ष गुरुदेव पौडेल उपाध्यक्ष जेसि शान्ति छेत्री जेसि कुमार थापा रास्कोटी, अपिला टण्डन, बिष्णु पाण्डे, नारायण खनाल, लगायत शिवराज जेसिजका अध्यक्ष खगेन्द्र गिरि को बिशेष उपस्थितिमा हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रमको संयोजक कपिलवस्तु जेसिजका महासचिव चन्द्रकान्त पोख्रेलको संयोजकत्वमा कार्यक्रमको अध्यक्षता कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेलको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रम संचालन कपिलवस्तु जेसिजका महासचिव जेसि चन्द्रकान्त पोख्रेलले गरेका थिए। कार्यक्रममा स्वागत मन्तब्य शान्ती छेत्रीको रहेको थियो ।
कार्यक्रम बोल्दै शिवराज जेसिजका अध्यक्ष खगेन्द्र गिरि, कुमार थापा रास्कोटिले मन्तब्य राख्दै कार्यक्रम सफल रहोस र आगामी दिनमा पनि जेसिजले सामाजिक छेत्रमा उल्लेख कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए ।
यस्ता कार्यक्रमले बिरामीहुदा मन बिचलित भएका बिरामिलाई आत्मबल बढाउने बताउदै जेसिजले यस्ता कार्यक्रम हरु गर्दै समाजका हरेक छेत्रमा उल्लेख्य भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।त्यस्तै कार्यक्रममा अस्पतालका तर्फबाट धन्यवाद मन्तव्य अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सनत नेपालले राख्दै कपिलवस्तु जेसिजले सामाजिक छेत्रमा काम गर्दै गर्दा अस्पतालमा बिरामीलाई फलफूल बितरण गरि बिरामिको घाउमा मलम लगाउने काम गरेकोमा धन्यवाद समेत ब्यक्त गरे।
उक्त कार्यक्रममा अङ्गुर सुन्तला स्याउ फ्रुटी जस्ता फलफूल करिब १०० जना बिरामिलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बिरामी सङ्ग गई उनिहरुको पीडा कम गराउन सान्त्वना दिने काम गरिएको थियो।
प्रतिक्रिया