जीवनशैली

विगत वर्षमा धेरै गल्ती गरे माफी चाहन्छु : कमल थापा



काठमाडौं ७ फागुन – राप्रपा छाडेर राप्रपा नेपाल घोषणा गरेका कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी माग्नु भएको छ । शनिबार राप्रपा नेपालको घोषणा गर्दै उहाँले पाँच वर्षयता आफूहरुले बाटो विराएको र धेरै गल्ती गरेको बताउनु भयो ।पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक पटक सरकारमा जानु गल्ती भएको उहाँको भनाइ छ ।पाँच वर्षको अलमलमा हामीले राप्रपा नेपालको नाम गुमायौं, लोकप्रिय चुनाव चिह्न गाई गुमायौं’ उहाँले भन्नु भयो ‘आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौं ।’राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको बताउनु भयो ।

‘पार्टीको नेतृत्वको नाताले मैले ठीक ढंगले अघि बढ्न नसक्दाखेरि, गलत प्रवृत्तिसँग सम्झौता गर्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुग्यौं । यो सम्पूर्ण जिम्मेवारी मेरो हो’ उहाँले भन्नु भयो ।गत पुसमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएको दुई महिना नबित्दै थापाले पार्टी छाडेर फेरि अर्को पार्टी गठन गर्नु भएको हो । थापा नेतृत्वको राप्रपा नेपालको शनिबार नै घोषणा गरिएको हो ।

प्रकाशित : ७ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६