खेलकुद

स्थायी सरकारले नागरिकको सन्तुष्टी बढाउन खरो रुपमा उत्रौ : प्रजिअ पाण्डे




कपिलवस्तु ८ फागुन । कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेले स्थायी सरकार मानिने कर्मचारी तन्त्रले प्रजातन्त्रको मर्म अनुरुप शुसासन ,सदाचार सद्ब्यवहारका साथ जनतालाई सेवा दिन सके नागरिकहरु सन्तुष्ट हुने वताउनु भएको छ । तर हामी पनि यस्ता काममा खरो उत्रन सकेनौ उहाले भन्नु भयो । उहाले कपिलवस्तुको तौलिहवामा ७२ औ प्रजातन्त्र दिवसको समाराहमा यस्तो वताउनु भएको हो ।
दिवसका अवसरमा र्याली सहीत ब्याटमिन्टन, फुटवल, बक्तृत्वकला र कबिता प्रताियेगीता प्रतियोगीता गरिएको हो । शनिवार दिवसका अवसरमा तौलिहवामा र्याली निकालिएको थियो । र्याली पछि कपिलवस्तु नगरपालिका सभा हलमा आयोजित सभामा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले लामो संघर्ष पछि आएको प्रजातनत्रलाई संस्थागत गर्नु पर्ने बताउनु भयो । उहाले जनताले अनुभुति हुने किसिमले काम गरिए मात्र शहीदहरु प्रति सच्चा श्रद्धाञ्जली हुने स्पष्ट पार्नु भयो । सो अवसरमा जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरीले मुलुकमा प्रजातन्त्र स्थापना भएको ७२ बर्ष हुदा पनि अझै सम्म जनताले त्यसको अनुभुति गर्न नसकेको भन्दै गुनासो गर्नु भयो ।
प्रजातन्त्र दिवसमा गरिएको कार्यक्रममा कर्मचारी र सुरक्षाककर्मी गरी सय जनाको सहभागीता रहे पनि जन प्रतिनिधिकोरुपमा ६ जनाको मात्र सहभागीता थियो । सो अवसरमा ब्याडमिन्टन र फुटवल खेलमा बिजयी भएका खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । प्रजिअ पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, नागरिक समाजका सदस्य पशुपतिमणि त्रिपाठी मानव अधिकारकर्मी रामदयाल ठाकुर लगायतले शुभकामना मन्तब्य दिएका थिए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले कबिता बाचन समेत बाचन गर्नु भएको थियो ।
कार्यक्रकै बिच जिल्ला निर्वचनत कार्यालयलका आयोजनामा छैठो निर्वाचन दिवसका अवसरमा स्थानीय तहको निर्वाचनको बिषयमा जानकारी गराइएको थियो । सो अवसरमा जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले निर्वाचन आचारसंहीता, जिल्लाको मतदाता संख्या, स्थान, जन प्रतिनिधिको संख्या लगायतका बिषयमा जानकारी गराउनु भयो ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६