रिजन पाठक
कपिलवस्तु ८ फागुन। विभिन्न स्थानमा वन अतिक्रमण तीव्र रूपमा हुन थालेपछि कपिलवस्तु बाणगंगा १० स्थित मायादेबी साझेदारी बन कार्यालय पटनाले अतिक्रमण हटाउने अभियान तीव्र पारेको छ । यसैक्रममा बाणगंगा ११ बरवामा भएको करिब ७ हेक्टर अतिक्रमण जग्गा अमिन बोलाएर आफनोे बनाएको छ । अतिक्रमण हटाउन बिभिन्न प्रयासका स्वारुप तारबार लगाएको भएन पनि तारबार नै हटाएर स्थानीयहरुले जग्गा अतिक्रामण गरेका थिए ।
शुक्रबार नापी कार्यालय अमिन बोलाएर अतिक्रमण भएको जग्गा हटाउन सफल भएको मायादेबी साझेदारी बन ब्यवस्थापन समितिको संयोजक अब्दुल अजिज खाँले बताउनुभयो।यस्तै डिभिजन बन कार्यालय पटना सहायक बन अधिकृत पहेलमान शेरभुजा मगरले मायादेवी साझेदारी क्षेत्रभित्र ब्यप्त रुपमा रहेको अतिक्रमण अतिक्रमणलाई हटाउन स्थानिय तहका प्रतिनिधि ,सुरक्षाकर्मी ,स्थानियबासीको उपतिस्थी रहेको बताउनुभयो । यो अतिक्रमण हटाउने अभियान वरवाबाट शुरु भएको भन्दै यो अभियान अन्तगर्त बरवा क्षेत्रमा मात्र ६० र आगमी दिनमा १ हजार हेक्टर जग्गा अतिक्रमण हटाउने बताउनुभयो ।
प्रतिक्रिया