प्रदेश

एमसीसी पेश गर्ने तयारीमा आज प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौं ८ फागुन – संघीय संसद्को प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आइतबार दिउँसो १ बस्नेछ।

सचिवालयले शनिबार सार्वजनिक गरेको कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी समावेश गरिएको छैन। तर, सत्ता गठबन्धनका दलले एमसीसीको विषयमा संसदमा छलफल हुनुपर्नेमा सहमति जनाएका छन्।

नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदमा पेश गरेर छलफल गर्ने निर्णय गरेको छ। शनिबार बसेको स्थायी कमिटी बैठकपछि महासचिव डा. बेदुराम भुसालले सार्वजनिक गरेको विज्ञप्तिमा छलफलका लागि एमसीसी पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले यसअघि नै एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ। माओवादी केन्द्रसमेत संसदमा पेश गरेर छलफल गर्न तयार भएको नेताहरुले बताएका छन्।

दलहरु एमसीसी संसद्मा पेश गर्न तयार भए पनि संसद सचिवालयले गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन।

बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने मात्र उल्लेख छ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६