समाचार

कपिलवस्तुमा प्रहरी प्रशासनकै मिलोमतोमा काठ तस्करी



कपिलवस्तु ८ फागुन – 
कपिलवस्तुमा केहि दिन यता काठ तस्करी माैलाएकाे छ ।  प्रहरी, प्रशासनकै मिलोमतोमा जिल्लाको पश्चिमी क्षेत्रमा काठ तस्कर भएको स्थानीयले आरोप लगाएका छन ।

नेपाल-भारत सिमामा रहेकाे दर्जनौं स: मिल र फर्निचर उद्योगहरुकाे लागि तस्करहरु भारतीय जंगलबाट बहुमुल्य पर्ने कालाे सिसम र टिककाे काठ ल्याउने गरेकाे पाइन्छ ।

जिल्लाको विजयनगर गाउँपालिकाका वडा ६ , ७ र कृष्णनगर नगरपालिका वडा १२ भारतीय जंगलसंग जाेडिएकाेले नदीकाे किनारमा अवस्थित गाउँहरुमा रातको समयमा तस्करहरुले काठका गाेलियाहरु बगैँचा ल्याउने गरेको स्रोतले बताएको छ ।

काठहरु पराल अथवा गाेठमा लुकाउने र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिने गरेको पाइन्छ ।

स्थानिय स्राेतका अनुसार प्रशासन कै मिलाेमताेमा काठ तस्करी माैलाएकाे छ । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर, परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठ भित्रिदै आएकाे स्थानियले बताउँछन् ।

तस्करी हुने नाका कृष्णनगर प्रहरी कार्यालय मतहतमा रहेकाे वेदमउ प्रहरी चाैकि र गणेशपुर प्रहरी कार्यालय मतहतमा रहेकाे ठकुरापुर प्रहरी चाैकि पर्दछ ।

प्रहरी कार्यलय अगाडीबाट काठ ओसारपसार समेत भएको पाइन्छ । यसरी रातारात काठ तस्कर हुँदा प्रहरी मुखदर्शक भएको छ । प्रहरीले काठ तस्करहरुलाई पक्राउ गर्न तदारुकता नदेखाउदा प्रहरीकै मिलेमतो रहेको आशंका गरिएको छ ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६