काठमाण्डाै ०८, फागुन । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले बेल घराउ गर्दै नाराबाजी गरेका छन् । एमालेका सांसदले कारबाही गरेका १४ सांसदलाई हटाउनुपर्ने माग गर्दै आएका छन् ।
बैठकको सुरुमै बोल्दै माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौता पेस गर्ने भनेर कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेकोमा आपत्ति जनाउनुभयो ।
प्रतिपक्षी दलले विरोध गरिरहँदा राष्ट्रिय महत्त्वको विषय बनेको एमसीसी सम्झौता पेस गर्न नहुने गुरुङले बताउनुभयो । संसदमा ४२ वटा विधेयक विचाराधीन रहेको अवस्थामा एमसीसीलाई किन महत्व दिएर पेश गरियो भनेर उहाँले प्रश्न पनि गर्नुभएको छ ।
प्रतिक्रिया