प्रदेश

एमसीसीको विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुहोस् : गगन थापा



काठमाण्डाै,०८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले अमेरिकी सहायता परियोजना एमसीसीको विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताउनुभएको छ । 

संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदमा दर्ता गरेको तथा पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल लगायतका नेतहरू पनि जोडिएकाले सांसदहरूले यसको विरोध गर्नु सुहाउँदो विषय नभएको बताउनुभयो । 

‘यो प्रस्ताव राष्ट्रघाती भन्ने हो भने माननीय भीम रावलले सबैभन्दा पहिले केपी शर्मा ओली मुर्दावाद भनेर संसदभित्र नारा लगाउन सक्नुपर्छ । संसदभित्र एमसीसीको विरोध गर्नुअघि एमालेका सांसदहरूले केपी शर्मा ओली मुर्दावाद, माओवादीका सांसदले प्रचण्ड मुर्दावाद र एकीकृत समाजवादी पार्टीका सांसदहरूले माधव नेपाल मुर्दावाद भन्न सक्नुपर्छ ।’

संसदमा एमालेको अवरोध पनि अब सकिएको मानिएको गगन थापाको भनाइ छ । एमालेकै सांसद भीम रावलले संसदमा समय लिएर बोलेकाले एमालेको अवरोध सकिएको मानिने र आउँदा दिनमा पनि यस्तै नाराबाजीका बीचमा संसद् चल्ने महामन्त्री थापाले बताउनुभयो । 

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६