काठमाडौं ८ फागुन – १८ जना जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षमा जम्मा तीनजना परीक्षार्थीमात्र पास भएका छन् । न्याय सेवा आयोगकाे आग्रहमा लाेक सेवा आयोगले परीक्षाा लिएकाे थियाे ।आन्तरिक खुला ९, खुल्ला प्रतिस्पर्धा ५, महिला २, आदिवासी जनजाति २ र मधेशी १ जनाको लागि विज्ञापन गरिएको थियो ।न्याय सेवा आयोगको आइतबारको बैठकले आन्तरिक खुल्लातर्फ पास भएका तीनजनालाई अन्तर्वार्ताका लागि छनौट गरेको हो ।
८ फाल्गुन २०७८, आइतबार
प्रतिक्रिया