कपिलवस्तु ८ फागुन । घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य भेषराज पाण्डेले लघु घरेलु तथा साना उद्योग विकासका दृष्टिले गणतन्त्रकालका ५।७ वर्ष उपलब्धी मुलक भएको वताउनु भएको छ । उहाले स्थानीय सरकार स्थापना संगै पालिका स्तरमा ५ लाख सम्मको पूजीवाट संचालन हुने उद्योग दर्ता हुने ब्यवस्था भएपछि घरेलु तथा साना उद्योगको संख्या निकै वढेको वताउनु भयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तु शाखाको बैठकलाई संवोधन गर्दै पाण्डेले यस्तो वताउनु भएको हो ।
सो अवसरमा लुम्विनी प्रदेशका कोषाध्यक्ष लक्ष्मण बेल्वासेले कपिलवस्तुमा उद्योग विकास र प्रवद्र्धनमा स्थानीय तहहरुको साझेदारी उत्साह वद्र्धक हुन नसकेको औल्याउनु भयो । शाखाका अध्यक्ष फूल कुमारी श्रेष्ठको अध्यक्षता र सचिव रविन्द्र पौडेलको संचालनमा भएको बैठकमा महासंघको सदस्यता विस्तार गर्ने कपिलवस्तु नगरपलिका महाराजगंज नगर पालिका र विजय नगर गाउ पालिकामा शाखा विस्तार गर्ने लगायतका निर्णय भएका छन् ।
प्रतिक्रिया