खोज–अनुसन्धान

देशकै सबैभन्दा नमुना ट्रायल सेन्टर बुटवलवाट संचालनमा : एक पटकमा एकहजारले भाग लिन सक्ने




रुपन्देही ८ फागुन ।
लुम्बिनी प्रदेशमा देशकै सबै भन्दा नमुना ट्रायल सेन्टर बुटवाट संचालनमा आएको छ । पहिलो पटक सवारी लाईसेन्सका लागि अत्याधुनिक ट्रायल सेन्टर सञ्चालनमा आएको छ । बुटवल १३ मा २ विघा जग्गा ब्यवस्थापन गरी ट्रायल सेन्टरमा सञ्चालमा आएको हो । एकै पटकमा १ हजार भन्दा बढीले ट्रायल दिन सक्ने क्षमता सहितको ट्रायल सेन्टर लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको छ । एकै दिन करिब ८ सय मोटरसाईकल तथा चार पांग्रे २०० सवारी साधनको लाईसेन्सका लागि ट्रायल लिन सकिने क्षमता रहेको यातायात तथा सवारी चालक अनुमति पत्र रुपन्देहीका कार्यालय प्रमुख तेजनारायण यादबले जानकारी दिए ।

प्रदेश सरकारले ट्रायल सेन्टर यातायात तथा सवारी चालक अनुमति पत्र कार्यालयलाई हस्तानान्तरण गरेको बताउँदै उनले कार्यालय पनि ट्रायल सेन्टरको कम्पाउण्डैमै रहेकाले नेपाल कै नमुना भएको बताए । प्रयोगात्मक परीक्षा ‘ट्रायल’लाई थप व्यवस्थित बनाउँदै बिचौलियाको अन्त्यका लागि कार्यालयले सेवाग्राहीहरुलाई आफैले सवारीका साधन उपलब्ध गराउने भएको छ । विगतमा बुटवल–११ देविनगरमा अवस्थित अर्कैको जमिनमा ट्रायल परीक्षा लिँदै आएको कार्यालयले आफ्नै संरचनामा सेवा दिन थालेपछि सेवाग्राहीहरु ठगिनबाट बच्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६