वाँके ८ फागुन । बाँकेमा आइतबार बाघले फेरि एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको समयमा राप्तिसोनारी गाउँपालिका ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो । बाघसँगको दोहोरो लडाइँमा राप्तिसोनारी गाउँपालिका ७ झगडियाका २८ वर्षीय वकिल गद्दीले बाघमाथि जित हासिल गरी नयाँ जीवन पाउनुभएको छ । स्थानीय मन्डफवा सामुदायिक वन उपभोक्ता समूहको जङ्गलमा दिउँसो १२ बजेतिर घाँसदाउरा खोज्न गएको बेला बाघले आक्रमण गरेको घाइते वकिलले बताउनुभयो ।
८ फाल्गुन २०७८, आइतबार
प्रतिक्रिया