दाङ १० फागनु ।नेपालकै नमुना काम शुभारम्भ भएको छ । अव फोहोरवाट उत्पादीत ग्यास पाइपवाट घरघरका भान्सामा पुग्ने भएको हो । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ। नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ। प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भने, ‘अहिले फोहर कम राखिएको छ। यसले गर्दा ग्यास उत्पादन कम भएको हो। केही समयपछि फोहर धेरै राखेर उत्पादनलाई वृद्धि गरिने छ।’
प्लान्टमा उपमहानगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ। उनका अनुसार उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घरघरसम्म पु¥याउने योजना छ। यसका लागि पाइप विस्तारको काम सुरु गरिने जनाइएको छ। पाइपमार्फत ग्यास प्रयोग गरेबापत उपभोक्ताले मिटरअनुसार रकम तिर्नुपर्नेछ। कोरोना सङ्क्रमणका कारण निर्माण कार्य केही ढिला भएको जनाइएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र उपमहानगरपालिका बीचको त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको व्यवस्थापक श्रेष्ठले बताउनुभयो।
प्रतिक्रिया